चैत अन्तिम साता पोखरामा प्याराग्लाइडिङ प्रतिस्पर्धा हुने

कास्की । पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । २०औं संस्करणको प्रतियोगिता चैत मसान्तमा हुने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।
चैत २३ देखी सुरु हुने प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यसवर्ष ‘एक्युरेसी’तर्फ मात्रै प्रतिस्पर्धा प्रतियोगिता हुनेछ ।
यो वर्ष ल्याण्डिङ ओभरअल, महिलातर्फ ल्याण्डिङ, टिम ल्याण्डिङ, एक्युरेसी टेन्डम, एक्युरेसी टेन्डम र एयर सो, कस्टुम विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् ।
ल्याण्डिङ ओभरअलमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्नेछन् । महिलातर्फ ल्याण्डिङ, टेन्डम पुरुष र अन्य बिदाको एक्युरिसी विधा अन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ हुनेले क्रमशः ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।
त्यसै गरी टिम एक्युरेसी तर्फ पहिलो, दोस्रो, तेस्रोले २० हजार, १५ हजार र १० हजार तथा एयर सो तर्फ वेस्ट एक्रोबेटिकमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । वेस्ट कस्टुमतर्फ नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन चैत २० गते सम्म अनलाइनबाट नाम दर्ता गर्न सकिने प्रतियोगिताका निर्णायक योगेश भट्टराईले जानकारी दिए । अहिले नेपाली र विदेशीले अनलाइनबाटै नाम दर्ता गरिरहेका छन् । नेपालभरी ५ जना प्याराग्लाइडिङ पाइलटहरू छन् । कोरोना संक्रमणका कारण यो प्रतियोगिता २ वर्षदेखि रोकिएको थियो ।









पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर
राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया