चैत अन्तिम साता पोखरामा प्याराग्लाइडिङ प्रतिस्पर्धा हुने

कास्की । पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । २०औं संस्करणको प्रतियोगिता चैत मसान्तमा हुने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।
चैत २३ देखी सुरु हुने प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यसवर्ष ‘एक्युरेसी’तर्फ मात्रै प्रतिस्पर्धा प्रतियोगिता हुनेछ ।
यो वर्ष ल्याण्डिङ ओभरअल, महिलातर्फ ल्याण्डिङ, टिम ल्याण्डिङ, एक्युरेसी टेन्डम, एक्युरेसी टेन्डम र एयर सो, कस्टुम विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् ।
ल्याण्डिङ ओभरअलमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्नेछन् । महिलातर्फ ल्याण्डिङ, टेन्डम पुरुष र अन्य बिदाको एक्युरिसी विधा अन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ हुनेले क्रमशः ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।
त्यसै गरी टिम एक्युरेसी तर्फ पहिलो, दोस्रो, तेस्रोले २० हजार, १५ हजार र १० हजार तथा एयर सो तर्फ वेस्ट एक्रोबेटिकमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । वेस्ट कस्टुमतर्फ नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन चैत २० गते सम्म अनलाइनबाट नाम दर्ता गर्न सकिने प्रतियोगिताका निर्णायक योगेश भट्टराईले जानकारी दिए । अहिले नेपाली र विदेशीले अनलाइनबाटै नाम दर्ता गरिरहेका छन् । नेपालभरी ५ जना प्याराग्लाइडिङ पाइलटहरू छन् । कोरोना संक्रमणका कारण यो प्रतियोगिता २ वर्षदेखि रोकिएको थियो ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया