प्युठानमा बसले ठक्कर दिँदा बालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत १८ गते १५:२६
काठमाडौँ । प्युठानको नौबहिनी गाउँपालिका ४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिँडिरहेका बालकलाई आज बिहान ठक्कर दिएको हो ।
बससहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित















तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया