सोमबार, माघ १२, २०८२

प्युठानमा बसले ठक्कर दिँदा बालकको मृत्यु

मेरोन्यूज २०७८ चैत १८ गते १५:२६

काठमाडौँ । प्युठानको नौबहिनी गाउँपालिका ४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिँडिरहेका बालकलाई आज बिहान ठक्कर दिएको हो ।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया