चुनाव विशेष : प्रदेश १ को प्रारम्भिक बयान
नेकपा एमालेको भर्खरै सकिएको केन्द्रीय कमिटीको बैठकमा एमालेका प्रस्तोताले प्रदेश नं. एकमा ८५ सिट एमाले एक्लैले जित्ने दावी प्रस्तुत गरे । प्रदेश नं. एकमा नगर तथा गाउँपालिकाको कुल १३७ स्थानीय तह छन् । एमालेको यो दावी प्रदेश एकको ५० प्रतिशत बढी स्थानीय तह हो । एमालेको यो दावीमा कति दम छ त्यसैको सेरोफेरोमा यहाँ चर्चा गरिनेछ ।

पहिलो स्थानीय चुनाव :
एउटा महा-नगरपालिका (विराटनगर), दुईवटा उप-महानगरपालिका (धरान, इटहरी), ४६ नगरपालिका र ८८ गाउँपालिका स्थानीय तह रहेको १३७ स्थानीय तह भएको एक नं. प्रदेश हो । पहिलो पटक ०७४ को निर्वाचनमा २८ नगर प्रमुखसहित २८ नगरपालिका, यसैको हाराहारीमा उप–प्रमुख, ४० गाउँ पालिका अध्यक्ष र त्यसैको हाराहारीमा उपाध्यक्षसहित ६८ स्थान ल्याएर एमाले निर्वाचनमा पहिलो स्थानमा पुगेको थियो । (तर, धरान उप–महानगरपालिकाको उप–निर्वाचनमा मेयरमा पराजित भएपछि ६७ स्थानीय तहमा खुम्चिएको छ ।)
दोस्रोमा नेपाली कांग्रेसले विराटनगर महा–नगरपालिकासहित २० नगरपालिका (पछिल्लो उप–निर्वाचनमा धरान उपमहानगरमा जितेपछि २१ नगर) र १८ गाउँ पालिकासहित ३८ स्थानसहित दोस्रो स्थानमा निर्वाचन परिणाम ल्याउन सफल भयो ।
तेस्रो माओवादी केन्द्रले एक नगरपालिकासहित पाँच गाउँ पालिकासहित ६ स्थानमा जितेर तेस्रो हुन पुगेको थियो । यसरी नै बाँकी अन्य नगरपालिका तथा गाउँ पालिकामा क्रमशः मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), माओवादी संघीय समाजवादी फोरम र राप्रपाले केहि स्थानमा जित्न सफल भएका थिए । फाट्टफुट्ट मात्र तालमेल भएको चुनावमा प्रायः दलहरु आफ्नो एकल बुतामा निर्वाचन लडेका थिए ।
अहिले देखिएका पार्टीहरुमध्ये त्यसबखत सबैभन्दा व्यवस्थित एमाले थियो । दोस्रो संविधान सभाको निर्वाचनपछि एमालेले तल्ला कमिटीहरु संस्थागत गर्न भ्याइसकेको थियो । अर्थात, सग्लो एमाले, विवादरहित एमाले चुनावमा हेलिएको थियो । यसैले एमालेको सग्लो शक्ति प्रयोग गर्दा पनि उसले चुनावमा ५० प्रतिशत स्थानीय तह कटाउन सकेन । केवल नगर पालिकामा मात्र ५० प्रतिशत स्थान कटाउन सफल भएको थियो । धनकुटा, तेह्रथुम, खोटाङजस्ता पहाडी जिल्ला, उदयपुरजस्ता भित्री मधेस र झापा र मोरङ राजमार्ग उत्तरका नपा तथा गापामा एमालेको पकड पछिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा देखियो ।
प्रदेश नं. एकमा समाहित अञ्चलगत परिणाम हेर्दा माओवादी केन्द्र पूर्वभन्दा पश्चिमतर्फका जिल्लाहरुमा पकड जमाउँदै गएको देखिन्छ । एमाले, नेकाको तुलनामा निकै कम एउटामात्र नगरपालिका जित्न सफल केन्द्र मेची अञ्चलमा एउटा मात्र स्थानीय तह, कोशीमा एक नगरपालिकासहित दुई गाउँ पालिका र सगरमाथामा आएर ६ गाउँपालिका थपेर तेस्रो स्थान प्राप्त गरेको थियो । माओवादीको उपस्थिति सबै नगर र गाउँ पालिकाहरुमा देखिए पनि भोजपुर, उदयपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा केन्द्रले जितेका स्थानीय तहमा देखाएको जनहितकारी प्रशासनले राजनैतिक पकड जमाउन सहज बनाएको देखिन्छ । माओवादी केन्द्रको नेतृत्व भएको सुनकोशी गाउँ पालिका उदयपुर एउटा उदाहरण बन्न सक्छ ।
गत निर्वाचनमा तत्कालीन मधेस केन्द्रित दलहरु प्रदेशको मधेस फाँटबाट उपस्थिति देखाउन सफल भए । राप्रपाले झापामा मात्र तीनवटा गाउँपालिकाको नेतृत्वसहित आफ्नो पक्षमा पार्न सफल भयो । मेची अञ्चलमा राप्रपा तेस्रो दलको रुपमा दर्ज हुन पुगेको छ ।
मेची अञ्चलको परिणाम :

कोशी अञ्चलको परिणाम :

नोट :
१.कोशी अञ्चल मोरङको एकमात्र महानगरपालिका (विराटनगर) नेकाले जितेको थियो ।
२. मोरङ जिल्लाको जहदा गापा संघीय समाजवादी फोरम र बुढीगंगा गापा फोरम (लोकतान्त्रिक) ले जितेको हो । फोरम लोकतान्त्रिक नेकामा विलय भैसकेको छ । संघीय समाजवादी फोरम जनता समाजवादी पार्टीको नाममा परिवर्तित भएको छ । माथिको तथ्याङ्कमा फोरम–२ भनेर उल्लेख गरिएको छ ।
२. सुनसरी जिल्लाको दुहवी नपा र बर्जु गापा फोरम (लोकतान्त्रिक) र भोक्राहा नर्सिङ गापा संघीय समाजवादी फोरमले जितेको थियो । माथिको तथ्याङ्कमा ३ पालिका फोरमको नाममा राखिएको छ ।
३. सुनसरी जिल्लामा भएका धरान उप–महानगरपालिका र इटहरी उप–महानगरपालिका हुन । यी दूवै उप–महानगरपालिका ०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेको थियो । तर, ०७६ को उप–निर्वाचनमा नेकाले नेकपालाई हराएर मेयर पद प्राप्त ग¥यो ।
सगरमाथा अञ्चलको परिणाम :

अबको परिदृश्य :
तर, यतिखेर प्रदेश एकको मुख्य नदी कोशीमा धेरै पानी बगिसकेको छ । नेकपाको अदालती विभाजनसँगै एमालेमा अर्को विभाजन भएको छ । एमालेको विभाजनले वैचारिक तथा सांगठानिक विभाजन पनि ल्याएको छ । एमाले विभाजनको एउटा धारले नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेको छ । एमालेका संस्थापक नेताहरुले नेतृत्व गरेको यो पार्टीको गठन हुनु नै एमालेको राजनैतिक वर्चस्व समाप्त पार्ने दिशा केन्द्रित हुनु हो । विचारधारात्मक रुपमा एमाले टकनटाट भैसकेको छ । ०७६ सालमा भएको धरान नगर र भक्तपुर प्रदेशसभाको निर्वाचनले एमाले पराजयको परिदृश्य देखाइसकेको छ । त्यस यता त कोशीमा झनै धेरै पानी बगिसकेको छ ।
जित्न सक्नेलाई टिकट :
एमाले अध्यक्ष ओलीले हालै ‘जित्न सक्ने’ उम्मेदवारलाई टिकट दिने जुन फर्मान जारी गरेको छन् एमालेको पराजयको संकेत यहीँबाट पनि सुरु हुन्छ । जित्न सक्ने उम्मेद्वारलाई ओलीले ‘सक्रियता, योग्यता र दक्षता’को मापदण्ड बनाएका छन् । यसैले ओलीले दिलिपकुमार बगडिया, विजय सरावगी, ब्रजेशकुमार गुप्ता जस्ता ‘जित्न सक्ने’ योग्यता भएकाहरुलाई धमाधम पार्टी प्रवेश गराइरहेका छन् ।
एमालेको अबको जित्ने आधार भनेको ‘मनी, मसल र माफिया’ गिरी नै हो । उनलाई परिणाम चाहिएको छ । जनहित र लोककल्याण ओलीको शब्दकोसबाट बाहिरी सकेको छ । यसर्थ आफ्नै उपस्थितिमा भएको सार्वजनिक कार्यक्रममा दुर्गा (मार्सी) प्रसाइँलाई माओवादी र समाजवादीले एक सिट जिते सम्पत्ति जिम्मा लगाएर तिर्थ हिँड्ने उदण्ड भाषण गर्न लगाउँछन् । एमालेको केन्द्रीय सदस्यको यस्तो दूर्वचनको भरमा ओलीको बैतर्णी योजना छ ।
गठबन्धन भए सोत्तर :
एमाले केन्द्रीय समितिमा मधेस प्रदेशका स्थानीय तहमा सिट ल्याउने दावीसम्म गर्न सकेन । यसले के बुझिन्छ भने एमालेलाई मधेसको भरोसा छैन । मधेसका लोभीपापी जित्न सक्ने जमिन्दारहरुको प्रवेशले पनि मधेसमा ओलीको जिन्सीबही खोलिने सम्भावना बढेर गएको छैन । सत्तारुढ दलको गठबन्धन भए एमाले सोत्तर हुने त छँदैछ । यसैले ओलीले ‘गठबन्धन या मोर्चाबन्दी सामथ्र्यको प्रतिक होइन, कमजोरीको द्योतक हो’ यस्तो फलाकी हिँडेका छन् । चुनावी गठबन्धन संग ओली एमाले आतंकित भएको यो सप्रमाण हो ।
सग्लो र संगठित एमाले हुँदा त पचास प्रतिशत एक नं प्रदेशमा जित्न नसकेको एमाले विचलित र विघटित एमालेको ८५ सिट जित्ने कुरा आत्मरतीमा रमाउने मुते थाङ्नो भन्दा बढी केही होइन । ‘जेठा मामा (नेकपा) को भाङ्ग्राको धोती, कान्छा मामा (एमाले) को कुन गती भनेको यही हो । एमालेको विगतमा जनाधार भएको एक नं प्रदेश पनि माथिको तालिकाले धरान र भक्तपुरको नियति दोहो¥याउने पक्कापक्की जस्तो छ ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया