मंगलबार, माघ ६, २०८२

बम विस्फोटमा संलग्न चार आरोपी सार्वजनिक

मेरोन्यूज २०७८ चैत १८ गते २१:२६

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेर केही दिन अगाडि इटहरीमा बम विस्फोटको घटनामा संलग्न आरोपीलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खगेन्द्र खरेल, इटहरी २ का ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा रहेका छन् । २० वर्षीय रवीन थापा, झापा कन्काइ नगरपालिका ८ लक्ष्मीपुरका ४३ वर्षीय खगेन्द्र खरेल र शेरजङ गुरुङ रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । यही चैत १४ गते इटहरी–२ नवजागृति टोलका अमित श्रेष्ठको घरमा उनीहरूको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बम विस्फोटन र सङ्गठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक थापाले बताए । समाजमा आतंक फैलाउने उद्देश्यले उनीहरूले विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया