नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ ।
कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर्फबाट राष्ट्रसंघका लागि बेलिजका स्थायी प्रतिनिधि तथा राजदूत कार्लोस सी। फुलरले हस्ताक्षर गरेका थिए ।
अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक स्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो ।
दुवै देशका राजदूतले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारेमा जानकारी समेत गराएको नेपाली स्थायी नियोगले जनाएको छ ।
बेलिज एक क्यारिबियन देश हो । बेलिज सन् १९८१ सेप्टेम्बर २१ मा बेलायतबाट स्वतन्त्र भएको थियो । सन् १९७३ भन्दा अघि बेलिजलाई ब्रिटिश होन्डुरस भनेर चिनिन्थ्यो ।


















इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
आजदेखि देशभर आर्थिक गणना हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया