पाकिस्तानी प्रधानमन्त्री खानले भने -मेरो ज्यान जोखिममा छ

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए ।
आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधी निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु । विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने । एजेन्सीको सहयोगमा
















समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
प्रतिक्रिया