सोमबार, माघ १२, २०८२

यी हुन् देउवा–मोदीले संयुक्त उद्घाटन गरेका परियोजनाहरू

मेरोन्यूज २०७८ चैत १९ गते १४:२१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज चार वटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्च स्तरीय बैठक सम्पन्न भएपछि उनीहरूले त्यहीबाट भर्चुअल माध्यमबा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।

संयुक्त रुपमा उद्घाटन गरिएका परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।

प्रतिक्रिया