प्रधानमन्त्री मोदीले पुरानै आश्वासन– पञ्चेश्वरमा तीव्र गतिले काम हुन्छ

काठमाडौँ । भारतीय प्रधानमन्त्रीले नेपाललाई पञ्चेश्वर परियोजना तीव्र गतिले अघि बढाउने आश्वासन दिएका छन् ।
नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।
‘पञ्चेश्वर परियोजना तीव्र रुपमा अघि बढाउन जोड दिएका छौँ, यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेञ्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
भारतीय आनकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन ।
नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तीव्र गतिले अघि बढाउने आश्वासन दिँदै आएको छ ।
यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।
‘नेपाल बढी भएको विद्युत भारतमा निकासी गरिरहेको छ, यो राम्रो कुरा हो, यसले नेपालको विकासमा सहयोग गर्ने छ,’ मोदीले भने ।
मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहीँ कतै देख्न नपाइने दाबी गरे ।
‘हाम्रो सम्भयता, संस्कृति प्राचीन कालदेखि जोडिएको छ, सदियौँदेखि हामी सुख–दुःखका साथी बनेका छौं,’ मोदीले भने ।
भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टिभिटीमा जोड दिएको उनले जनाए ।
















प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुर पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया