सोमबार, माघ १२, २०८२

बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या

मेरोन्यूज २०७८ चैत १९ गते २०:२८

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका केही वडामा हप्ता दिनअघिदेखि टेलिफोनमा समस्या आएको छ ।

जन्तेढुंगा गाउँपालिका २ बोपुङ र जन्तेढुंगा गाउँपालिका ३ काहुलेमा हप्तादिनदेखि एनटिसी फोनमा समस्या आएको हो । एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन लाग्न छाडेको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया