सोमबार, माघ १२, २०८२

पेट्रोलियम व्यवसायीले गरे आन्दोलन फिर्ता

मेरोन्यूज २०७८ चैत १९ गते २१:४४

काठमाडौँ । पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीले भोलिदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरूमध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र०)म्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया