प्रधानमन्त्री देउवा स्वदेश फिर्ता हुने, यसअघि बनारस जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुने भएका छन् । तीन दिने भारत भ्रमणमा रहेका उनी स्वदेश फिर्ता हुनुअघि आजै उत्तर प्रदेशको बनारस जाने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहानै नयाँदिल्लीबाट बनारस जाने भएका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्ने भएका छन् ।
बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । उनी बनारसबाट चार बजे नयाँदिल्ली आएर सवा चार बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।
दुई देशका प्रधानमन्त्रीले सीमा क्षेत्रको बारेमा छलफल गरेका थिए । यस्तै, दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया