कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

काठमाडौँ । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित भएका छन् ।
प्रदेश सभापति ललितजंग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्य समितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गरेका हुन् ।
प्रदेश कार्य सभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा छ सदस्य मनोनित गरेका हुन् । महामन्त्री कृष्णबहादुर रोकायका अनुसार प्रदेश संसदीय समितिमा भूपेन्द्रजंग शाही, लङ्कबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामा मनोनित भएका हुन् ।
प्रदेश कार्य समितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिका रिक्त पदमा मनोनित गरिएको महामन्त्री रोकायद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।
















समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
प्रतिक्रिया