सोमबार, माघ १२, २०८२

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट सुनुवाइ हुँदै

मेरोन्यूज २०७८ चैत २० गते ११:२१

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

नेकपा एमाले अध्यक्षका केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्ने भएको हो ।

एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेको तर सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एमालेले नेकपा एस दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया