बुधबार, चैत १८, २०८२

पाकिस्तानमा इमरान खानविरूद्धको अविश्वास प्रस्ताव खारेज, संसद विघटनको सिफारिस

मेरोन्यूज २०७८ चैत २० गते १३:३८


काठमाडौं । सत्तारूढ गठबन्धनका केही दल र आफ्नै पार्टीका सांसदहरूसमेत विपक्षमा उभिएपछि पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर प्रधानमन्त्री खान विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव असंम्वैधानिक भएको भन्दै संसदका उपसभामुखले प्रस्ताव खारेज गरिदिएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।

अविश्वास प्रस्तावमाथी आज छलफल हुने र निर्णय लिइने बताइएको थियो । तर उपसभामुखले अविश्वास प्रस्ताव नै खारेज गरिदिएपछि आज बोलाइउको संसद बैठक पनि स्थगित गरिएको छ।

३४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सत्रा गठबन्धन दल र आफ्नै पार्टीका सांसद समेत विपक्षमा उभिएका कारण उनी अल्पमतमा परेको बताइएको थियो । संसदको बैठक अव तीन सातासम्मलाई स्थगित गरिएको छ ।

यसैबीच प्रधानमन्त्री खानले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरेका छन्। समाचार सस्था पिटिभीका अनुसार आजै खानले संसद विघटन गर्न राष्ट्रपतिलाई लिखित सिफारिस गरेका हुन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले अब प्रजातान्त्रिक तरिकाबाट चुनाव हुने बताएका छन्।


प्रतिक्रिया