माधव नेपालसहित १४ सांसदविरुद्ध रिटकाे सुनुवाई चैत २७ गते

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वोच्चमा दर्ता गरेको मुद्दाको सुनवाई चैत २७ गते हुने भएको छ । नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ हुने गरी पेशी तोकिएपनि न्यायाधीस नहकुल सुवेदीले उक्त रिटको सुनुवाई २७ गते हुने जनाएको हो ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो । तर न्यायाधीश सुवेदीले आफूले १४ सांसदमध्ये एक सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने र आफुले हेर्न नमिल्ने भनी आइतबार उक्त इजालसमा सुनुवाइ नहुने जानकारी गराएका थिए । मुद्धा हेर्न नमिल्नेमा परेपछि सुनुवाईमा ढिलाई भएको हो ।

करिब सात महिनादेखि पटक-पटक यो रिटमाथीको सुनुवाई सदै सदैं आएको थियो । एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पनि पेस भएको थियो ।
एमालेले भने उक्त इजलास ‘कम्फटेबल’ नभएपछि माधव नेपाल पक्षले आजको सुनुवाइ स्थगित गर्न खोजिको आरोप लगाउँदै आएको थियो ।









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया