लक्ष्मी केयर्सको साइकल र्यालीमा उत्साहजनक सहभागिता

काठमडाै । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल ¥यालीको १२औं संस्करण चैत्र १९ गते शनिबार काठमाडौंमा आयोजना गरेको छ ।
टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो ¥याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।
¥यालीपश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो ।
लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्वि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल ¥याली कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सो अभियान अन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमति पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया