काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटकी एक युवतीको मृत्यु
मेरोन्यूज
२०७८ चैत २१ गते ८:४३

काठमाडौं । काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटकी एक युवतीको मृत्यु भएको छ ।
बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो । मोटरसाइकल दर्नाल आफैले चलाएकी थिइन् ।
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीले तीव्र गतिमा चलाएको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
उनको शवलाई पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रि।वि शिक्षण अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया