सोमबार, वैशाख २१, २०८३

शिक्षा मन्त्रालयले माग्यो कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन

मेरोन्यूज २०७८ चैत २१ गते १७:१३

काठमाडौं । सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई २५ चैतभित्र निवेदन दिन आग्रह गरेको हो ।

Advertisement
NiccNicc

मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचाअनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण चीनमा अध्ययनरत धेरै विद्यार्थी अहिले पनि फर्किन पाएकाम छैनन् । विशेषगरी एमबीबीएस अध्ययनका लागि चीन गएका विद्यार्थीहरू मर्कामा परेका थिए ।

प्रतिक्रिया