शिक्षा मन्त्रालयले माग्यो कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन
मेरोन्यूज
२०७८ चैत २१ गते १७:१३

काठमाडौं । सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई २५ चैतभित्र निवेदन दिन आग्रह गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचाअनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।
कोरोना महामारीका कारण चीनमा अध्ययनरत धेरै विद्यार्थी अहिले पनि फर्किन पाएकाम छैनन् । विशेषगरी एमबीबीएस अध्ययनका लागि चीन गएका विद्यार्थीहरू मर्कामा परेका थिए ।
सम्बन्धित













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया