स्थानीय तहको निर्वाचन : कास्कीका सबै पालिकामा सत्तारुढ गठबन्धन

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल कास्कीमा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच संयुक्त बैठक बसेर सबै पालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ५ वटै पालिका र ७२ वटै वडासम्म तालमेल गर्ने निर्णय गरेको हो ।
वडा तहसम्मै गठबन्धनका दलहरूको संयुक्त बैठक बस्ने र एउटै संयन्त्रबाट गृहकार्य गर्ने निर्णय भएको कांग्रेस कास्कीका सभापति बरालले बताए । यसै गरी गठबन्धनमा रहेका दलहरूबीच एकता, सम्मान र हार्दिकताको भावना वृद्धि गर्ने निर्णय पनि भएको छ ।
निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ ।
बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष बखानसिंह तमु, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रवीमोहन ढकाल, जनता समाजवादीका अध्यक्ष गिरीप्रसाद गुरुङ सहभागी थिए ।
















अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया