पोखरा–जनकपुर सिधा उडान सुरु

गण्डकी । पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए।
पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए ।
पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली आज जनकपुर गएको छ । पचास मिनेटको हवाई यात्रा हुने पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी रु नौ हजार ३६० र सबैभन्दा कम रु चार हजार १०० भाडा निर्धारण गरिएको छ । उडानसँगै दुई सहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास लिइएको छ ।
बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान सुरु गरेको थियो । त्यस्तै काठमाडौँसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको बुद्ध एयरले आगामी केही समयभित्रै पोखराबाट विराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी गरेको छ ।
पहिलो उडानमा सहभागी बन्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले अन्तरप्रदेश हवाई सञ्जालले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली जनकपुर गएको हो । गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणामा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखराको भ्रमण गरेको थियो ।














तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया