क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । तनहुँ उद्योग वाणिज्य संघले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाणसँग माग गरेको छ । व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि संघले मन्त्री खाणलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए । “क्षतिको मूल्याङ्कनसहित राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ, सरकारबाट यथोचित निर्णय हुनेमा विश्वस्त छौँ”, श्रेष्ठले भने ।
गृहमन्त्री खाणले आगलागीबाट पीडित भएकालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “जति क्षति भयो त्यति नै राहत दिन सरकारले सक्दैन, तर केही न केही सहयोग पक्कै गर्छौँ ।” आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको थियो ।
















आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया