बुधबार, चैत १८, २०८२

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने अभियान सुरु

मेरोन्यूज २०७८ चैत २२ गते १७:०७

काठमाडौं । मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिनु भएको हो ।

मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उहाँले त्यसलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो जात्राको प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताए । सम्बन्धित सबै पक्षले यस जात्राको प्रवद्र्धनमा सहयोग गरे विश्व सम्पदा सूचिमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरुको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरुको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताए । उनले ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवद्र्धनले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया