सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४ करोड ११ लाख दिने

काठमाडौं । सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
‘यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्नेछ,’ काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सन् २००३ यता भारतले नेपाला ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।
‘यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,’ दूतावासले भनेको छ ।
















HoR polls: 15.77 million ballot papers printed
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
बागलुङ-२ मा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा
No alternative to election: PM Karki
आगामी संसद्मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष लिङ्देन
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
प्रतिक्रिया