शुक्रबार, मंसिर १२, २०८२

राष्ट्रिय खेलकुद परिषदमा टंकलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो

रमेशकुमार सिलवालले दायर गरेको रिट सर्वाेच्चद्दारा खारेज

मेरोन्यूज २०७८ चैत २२ गते १७:३०

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवबाट हटाएको बिषयमा रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । खेलकुद परिषदबाट आफूलाई बर्खास्त गरेको निर्णय अवैधानिक भएको भन्दै तत्कालिन सदस्यसचिव सिलवाल सर्वाेच्च अदालत पुगेका थिए ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यो निर्णय सँगै अव टंकलाल घिसिङलाई सदस्यसचिवको रुपमा काम गर्न बाटो खुलेको छ ।

सदस्य सचिवसम्बन्धी विवादका कारण राखेपको कामकाज केही महिनायता प्रभावित थियो ।

प्रतिक्रिया