एआईजी बढुवा प्रकरणः सरकार विरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अदालतले प्रतिवादीहरूलाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको छ ।
डीआईजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ कार्कीले दर्ता गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।
नेपाल प्रहरीमा थपिएका तीनवटा एआईजी दरबन्दीमा गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको बढुवा समितिले धिरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई सिफारिस गरेको थियो । तर, वरिष्ठता मिचेर बढुवा सिफारिस गरेको भन्दै कार्कीद्वय र अर्याल उजुरी सुन्ने समितिमा पुगेका थिए ।
लोक सेवा आयोगका अध्यक्षले नेतृत्व गर्ने उजुरी सुन्ने समितीले बढुवा समितिको निर्णय सदर गरेपछि असन्तुष्ट डीआईजीहरू सर्वोच्च अदालत पुगेका हुन् । बढुवा सिफारिसमा परेका डीआईजीलाई भने सरकारले एआईजीमा बढुवा गरिसकेको छ ।















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया