लमजुङमा बढे १६ हजार मतदाता

लमजुङ । लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् ।
०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिध सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार चार सय ४९ जना मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १ लाख ३१ हजार चार सय ९४ जना मतदाता कायम भएको छ । यसअघि भएको स्थानीय तह निर्वाचनमा भने जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।
जिल्लाको विवरणअनुसार सबैभन्दा धेरै मतदाता सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा छन् । बेंसीसहरमा मात्रै १२ हजार चार सय ९१ पुरुष र १३ हजार सातसय १६ महिला सहित २६ हजार दुई सय सात मतदाता कायम भएको पाइएको छ ।
त्यसैगरी जिल्लामा सबैभन्दा कम मतदाता दुधपोखरी गाउँपालिकामा रहेका छन् । दूधपोखरीमा ४ हजार ५ सय सात पुरुष र ४ हजार ३ सय ८१ महिला सहित आठहजार, आठसय ८८ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङले पछिल्लो अद्यावधिकमा मात्रै ९ हजार ६ सय ३० मतदाताको नामावली निर्वाचन आयोगमा पठाएको थियो । सो बाहेक मतदाता नामावली अद्यावधिकका लागि दिएको समय सीमामा परेका निवेदन वा उजुरीको आधारमा जिल्लाबाट १ हजार ३ सय एक जनाको नाम हटाउनका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।
यसअघिको निर्वाचन पश्चातको अवधीमा बसाइँसराइ वा विवाह भएर अन्यत्र गएका, दोहोरो नाम भएका र मृत्यु भएकाहरूको नामावली हटाउनको लागि आयोगमा सिफारिस भएको निर्वाचन कार्यालय लमजुङका सुचना अधिकारी जिवाखर शर्माले जानकारी दिए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया