पल शाहलाई थुनामा राख्न नवलपुर अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो ।
तनहुँ अदालतको फैसालअनुसार पुर्पक्षका लागि थुनामा रहेका शाहलाई नवलपुर अदालतले तनहुँ नै पठाएको हो । उनलाई आजै तनहुँ लगिएको छ ।
अदालतका वैतानिक वकिल दीपक भट्टराईकाअनुसार तीनजना वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेका थिए । किशोरीपक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुरमा मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई गत फागुन २४ गते नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको गत चैत १० गतेको आदेशपछि शाह पुर्पक्षका लागि थुनामा छन् ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया