मंगलबार, वैशाख ८, २०८३

जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

मेरोन्यूज २०७८ चैत २४ गते ९:१९

काठमाडौं । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउने भएका छन् । अध्यक्ष एंगुलो आज आउन लागेको र उपाध्यक्ष जैन शुक्रबार आउने भएका हुन् । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुन् ।

Advertisement
NiccNicc

अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिए । एंगुलो यही चैत २७ गतेसम्म नेपालमा रहनेछन् ।

नेपालमा रहँदा उनले नेपाल जेसीजको वार्षिक कार्यक्रमअन्तर्गतको ‘नेस्नल काउन्सिलरर्स एकेडेमी’लगायत जेसीजका कार्यक्रममा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा, सांसद विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपालस्थित राष्ट्रसङ्घीय प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालमा जेसीजका १७२ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा राष्ट्रिय कार्यसमिति रहेको छ । जेसीजको सबै कार्यसमितिको हरेक वर्ष नयाँ नेतृत्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया