पाँच दिनपछि बालकको शव सेप्टी ट्यांकीमा फेला, छिमेकीले गरे हत्या

काठमाडौँ । छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका १२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु भनिने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।
गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएका थिए ।
लगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरीले छिमेकी जगदीश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको स्थान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेप्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार बिहीबार बिहानै सेप्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनको परिवारका सात जना सदस्यलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्ररम्भिक अनुसन्धानबाट अभियुक्तले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।
अभियुक्तले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको कुरा पारिवारिक श्रोतको भनाइ छ । तर, यसको पुष्टि भइसकेको छैन ।
घटनामा बेपत्ता बालकको जिउँदो वा मृत शरीर फेला पर्नु नै पहिलो प्राथमिकता भएकाले अब अनुसन्धानलाई अगाडि बढाइने जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
‘बालकको हत्या गर्नु पर्ने कारणलगायत बारेमा हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्दो चाँडो बालक फेला पार्नु पर्यो, हामी त्यता लाग्यौं । आज बालकको शव फेला परेको छ, बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिट्टै खुल्छ ।’
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया