मन्त्री मनाङेलाई कारबाही गर्न कर्मचारीको माग

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् ।
निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको पेसागत हकहितको संरक्षण अनिवार्य हुनु पर्ने मागसहित उनीहरू आन्दोलित बनेका हुन् ।
‘राजनीति र प्रशासन एकै सिक्काका दुई पाटा भएको भन्दै राजनीतिले प्रशासनलाई विभिन्न आक्षेप लगाएको हामीबीच स्पष्ट छ,’ उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गरेको निन्दनीय घटनाप्रति हामी ट्रेड युनियनकर्मी घोर भर्त्सना गर्दछौँ ।’
मन्त्रालयका अधिकृत प्रकाश ओझामाथि मन्त्री मनाङेले मंगलबार ४ बजेट आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली र आक्रमण गरेको भन्दै घटनाको छानबिनको माग गरेका छन् ।
‘मन्त्रीबाट आफ्ना मातहतका कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो, कर्मचारीहरूलाई भयरहित वातावरणमा काम गर्ने अवसर नहुँदासम्म सुशासन कायम हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्रासपूर्ण वातावरणमा कार्य गर्नुपर्ने अवस्थाको अन्त्य गरी आम नागरिकको सेवामा उच्च मनोबलका साथ समर्पित हुने अवस्था निर्माणको लागि गण्डकी प्रदेश सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’
एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष सोमलाल तिवारी, अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कास्कीका अध्यक्ष अर्जुन देव ज्ञवाली र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
















सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया