पल शाहलाई थुनामा राख्न आदेश

काठमाडौँ । नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ ।
नवलपुर जिल्ला अदालतमा शाहसँग मंगलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मका लागि थुनामै राख्न आदेश दिएपछि उनलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकाले बुधबार राति १२ः३० बजे तनहुँ कागारमा राखिएको उनले बताए । अभिनेता शाहलाई तनहुँका अतिरित्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।
एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका १० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि चैत्र ३ गते जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो ।
शाहका वकिलले तनहुँ जिल्ला अदालतको पुर्पक्षको लागि तनहुँ कारागारमा राख्न भएको आदेशविरुद्ध चैत्र १५ निवेदन र्दिएका थिए । निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया