यी हुन् विभिन्न २० देशमा राजदूत नियुक्ति सिफारिस भएकाहरू (नामसहित)

काठमाडौं । सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारका एक मन्त्रीले मेरो न्यूजलाई जानकारी दिए ।
यी हुन् नियुक्ति सिफारिस भएका राजदूतका नाम
राजनीतिक दलबाट
१ विष्णुपुकार श्रेष्ठ- चिन
२ दानवहादुर तामाङ- दक्षिण अफ्रिका
३ शर्मिला पराजुली ढकाल- स्पेन
४ बाशुदेव मिश्र- श्रीलंका
५ मिलन तुलाधार- रसिया
६ कैलाश पोखरेल- अष्टेलिया
७ डिल्लीराज पौडेल- मलेसिया
८ शान्ता रिजाल- इजरायल
९ ज्योति प्याकुरेल- दक्षिण कोरिया
१० प्रा डा रामशुरज राय यादव- डेनमार्क
११ नवराज सुवेदी- साउदी अरव
१२ नरेश विक्रम ढकाल (देश खुलेको छैन)
परराष्ट्र सेवाबाट
१) घनश्याम भण्डारी
२ हरिशचन्द्र घिमिरे
३) तीर्थराज वाग्ले
४ डोरनाथ अर्याल (पासपोर्ट विभागका डिजी)
५ शुशिल कमार लम्साल
६ भरतकुमार रेग्मी
७ निर्मलराज काफले
८ दुर्गा बहादुर सुवेदीलाई सरकारले राजदूतमा सिफारिस गरेको छ । यद्यपि, उनीहरूको भने देश खुल्न सकेको छैन ।
परिपक्व हुन समय लाग्ने भन्दै सरकारले राजदुत सिफारिस भएकाहरुको नाम अहिलेसम्म गोप्य नै राखेको छ । राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ को प्रक्रिया हुनेछ ।

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया