बुढी गण्डकी आयोजनाबाट चिनियाँ कम्पनी हटाइयो

काठमाडौँ । सरकारले बुढी गण्डकी जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा)लाई निकाल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुढी गण्डकीबाट गेजुवालाई हटाएर आयोजना सरकार आफै बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीमार्फत बुढी गण्डकीको लागत अनुमान पुनरावलोकन गर्न निर्देशन दिएको थियो । एनइए इन्जिनियरिङ कम्पनीले लागत पुनरावलोकन प्रतिवेदन बुझाउन बाँकी रहेको छ ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढी गण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले आयोजना गेजुवालाई नै दिने निर्णय गरेको थियो ।
१२ सय मेगावाट उत्पादन क्षमताको बुढी गण्डकी पटक–पटक राजनीतिक विवादमा मुछिदै आएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा बुढी गण्डकी गेजुवालाई दिने निर्णय गरेका थिए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया