बुढी गण्डकी आयोजनाबाट चिनियाँ कम्पनी हटाइयो

काठमाडौँ । सरकारले बुढी गण्डकी जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा)लाई निकाल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुढी गण्डकीबाट गेजुवालाई हटाएर आयोजना सरकार आफै बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीमार्फत बुढी गण्डकीको लागत अनुमान पुनरावलोकन गर्न निर्देशन दिएको थियो । एनइए इन्जिनियरिङ कम्पनीले लागत पुनरावलोकन प्रतिवेदन बुझाउन बाँकी रहेको छ ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढी गण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले आयोजना गेजुवालाई नै दिने निर्णय गरेको थियो ।
१२ सय मेगावाट उत्पादन क्षमताको बुढी गण्डकी पटक–पटक राजनीतिक विवादमा मुछिदै आएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा बुढी गण्डकी गेजुवालाई दिने निर्णय गरेका थिए ।















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया