शुक्रबार, पुष १८, २०८२

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ सम्पन्न

मेरोन्यूज २०७८ चैत २५ गते ९:४६

नकपुर । मधेश प्रदेशमा शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ सम्पन्न गरिएको छ । निर्जल उपवास बसेका व्रतालुहरूले बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए । भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन गरेका हुन् ।

तराई मधेशको सबैभन्दा ठूलो तथा महान पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ । पहिलो कार्तिक शुक्ल पञ्चमीका दिन मनाईन्छ भने । दोस्रो चैतमा मनाईन्छ । छठ व्रत मान्ने व्रतालुहरुले जनकपुरको गंगासागर, धुनुषसागर, अरगज्जा सागर, दशरथ तल्ला लगायतका छठीघाटमा रातभरि जाग्राम बसेर भजन(कीर्तन गरेका थिए ।

प्रतिक्रिया