साइक्लिङ म्याराथन प्रतियोगिता चैत २६ गते हुने

प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिताका संयोजक सन्तकुमार दरैले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।
नारायणी नदी किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सो प्रतियोगितामा हालसम्म ८६ जनाले नाम दर्ता गराएका छन् । तीमध्ये १२ जना महिला रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ताका लागि आज साँझसम्म समय तोकिएको छ । प्रतियोगिता पाँच विधामा हुनेछन् । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । १९ वर्ष माथिका साइकल चलाउन जान्ने जो कोही सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०÷२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १०औँ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
भरतपुर महानगरमा निर्माणाधीन रिङगरोडसहितका सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पु¥याउने साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ । करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी रहेको छ । नारायणी नदी किनारबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥यालीसहित पुनः नारायणी किनारमा आई समापन हुनेछ ।
प्रतियोगितामा विजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । साथै विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पीडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको कूल बजेट रकम रु ४२ लाख ७३ हजार ३३५ रहेको छ । तीमध्ये विजेता खेलाडीलाई नगद पुरस्कारमा मात्रै रु पाँच लाख ९५ हजार खर्च हुने संयोजक दरैले बताउनुभयो । प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफबाट समेत सहभागिता रहनेछ ।
बिहान ७ बजे प्रतियोगिता सुरु हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उहाँहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताए ।
शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उहाँले बताउनुभयो । भरतपुरको रिङरोड अहिले ६६ किलोमिटर रहे पनि चाँडै ८८ किलोमिटर रिङरोडमा म्याराथन हुने पनि उनले बताए। खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उहाँको भनाइ छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया