दुर्गम स्थानको परिभाषा बदल्नुपर्छ : खाण

म्याग्दी । गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाँउलाई अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन् ।
म्याग्दीको धौलागिरी गाँउपालिका वडा नं १ को विकट गाँउ बुर्जामा शुक्रबार पुगेका गृहमन्त्री खाणले विकट स्थानलाई सुगम स्थानमा परिणत गर्न पहल गर्ने बताएका हुन् ।
‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ । मोटरबाटो नपुगेका स्थानमा मोटरबाट नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ गृहमन्त्री खाणले भने ‘बुर्जा जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु ।’
विकट गाँउमा मानवबस्ती भयो भनेर सुगममा सार्ने योजना ल्याउने गृहकार्यमा लाग्नु भन्दा दुर्गमलाई नै सुगम बनाउने योजना ल्याउनु उपयुक्त हुने गृहमन्त्री खाणको भनाई छ ।
‘दुर्गम स्थानमा भयो भनेर बस्ती सार्ने होइन । विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो । नयाँ सम्भावना के हुनसक्छ, खोज्ने हो,’ गृहमन्त्री खाणले भने, ‘यहाँ विकट भनेर छोड्ने हो भने यहाँको भूमी, नदीनाला, र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने रु यही विकट स्थानलाई सुगम बनाउन सरकारले पपहल गर्छ ।’
जिल्ला सदरमुकाम बेनीबाट २६ कोष टाढा पर्ने बुर्जामा छन्त्याल र विश्वकर्माका २५० घरधुरी छन् । अत्यधिक हिँउ पर्ने यो स्थानमा जौँ, गौँ र आलुको मात्रै खेती हुन्छ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया