मंगलबार, माघ १३, २०८२

होटल आनन्दमा सरकारले लगायो ताला, भित्रै थुनिए पाहुना

मेरोन्यूज २०७८ चैत २५ गते १४:३४

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा ताला लगाएको छ । उक्त धर्मशालामा सञ्चालन हुँदै आएको होटल आनन्द बन्द गराउन ताला लगाएको हो ।

होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले भित्र प्रवेश गर्न रोक लगाएको थियो । यसपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

सरकारी टोली धर्मशालामा प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट भित्रैबाट ताला लगाएका थिए । यससँगै सरकारी टोली गेट बाहिर नै रोकिएका थिए । होटलका पाहुनाहरू भित्रै थुनिएका थिए ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्च अदालतको फैसला कुर्न आग्रह गरेका थिए । सरकारी प्रतिनिधिले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पाउनु पर्ने माग राखेका थिए ।

सम्झौतामा उल्लेख गरेअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला सञ्चालन गरेको होटल आनन्द प्रालिसँग सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया