युक्रेनमाथि आक्रमण हुँदा खाद्य पदार्थको मूल्य उच्च बिन्दुमा

काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धले विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक भएको हो ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकाले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्र संघीय अधिकारीले जनाएका छन् । युद्धले अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा परेको बताइएको छ ।
युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्युन आय भएका मानिसलाई पर्ने राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई आग्रह गर्दै आएको छ ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया