माधव नेपाल हुती भएको मानिस हो ? : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।
अध्यक्ष ओलीले पार्टी एकीकरणमा बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाएको आरोप लगाए । शुक्रबार काठमाडौँमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथोँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले २३ सिट पाउने हुती नभएको भन्दै माधव नेपाललाई चुनौती दिएका हुन् ।
जनादेशको दुरुपयोग गर्नेलाई देखाउने गरी चुनावको तयारी गर्न पार्टी निकट स्वास्थ्यकर्मीहरूलाई अध्यक्ष ओलीले निर्देशन दिए ।
‘५४ सिट दिइयो प्रचण्डलाई, तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे, ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन, माधव नेपाल २२–२३ सिट ल्याउने हुती भएको मानिस हो ? उनको नेतृत्वमा, अब ३ सिट ल्याएर देखाउन त ?,’ उनले भने, ‘त्यो हुती भएका मान्छे हुन्, तर पार्टीभित्रको कुरा दिइयो साथीहरूलाई, यो हिजोको चुनावको परिणाम हो, अब आजको चुनावको परिणाम होइन ।’
अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न स्वास्थ्यकर्मीले सक्नु पर्ने बताए । उनले मेडिकल कलेज र इञ्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरू सक्रिय रहेको आरोप लगाए ।
त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्याबसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको स्मरण गरे ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया