मंगलबार, माघ १३, २०८२

निर्वाचन आचारसंहिता लागु हुँदै, उल्लंघन गरे कारबाही हुने

मेरोन्यूज २०७८ चैत २५ गते २१:३३

काठमाडौँ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुँदै छ ।

यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने बताए ।

‘आचारसंहिता पालना गर्छौं भनेर प्रतिबद्धता जनाउने, तर उल्लंघन गरेमा निर्वाचन कसुरअनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने उनले बताए ।

प्रतिक्रिया