डा. कोइरालाले भने : तेस्रोपटक निर्वाचन लड्दा ६ करोड खर्च गरेँ
मेरोन्यूज
२०७८ चैत २६ गते १४:३३

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ ।
नवलपरासीबाट तीनपटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले स्मरण गरे । ‘तीनपटक निर्वाचन लडेँ, पहिलोपटक ८० हजार खर्च भयो, दोस्रोपटक तीन करोड खर्च भयो,’ उनले भने, ‘तेस्रोपटक ६ करोड खर्च भयो ।’
नेपाल विद्यार्थी संघ इलाम काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले निर्वाचन खर्च धान्न नसकिने अवस्थामा पुगेको बताएका हुन् । उनले विद्यार्थीलाई राजनीतिभन्दा अध्ययनमा जोड दिन आग्रह गरे ।
उनले देश बनाउने युवा विद्यार्थी बन्दै अध्ययन सकेर राजनीतिमा आउनु पर्ने बताए ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया