दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरियो
मेरोन्यूज
२०७८ चैत २८ गते १३:०१

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएको छ।
कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो । समुह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन ।
नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने दोस्रो स्थानको उज्वेकिस्तनको तीन अंक छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ । ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो ।
पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया