टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सम्पन्न

काठमाडौं । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए ।
साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहेको थियो । महिला अधिकार र महिला हिंसा विरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागि हुँदै आएको छ । सन् २०१३ मा क्यान्सरको सफल उपचारपछि वहाँँले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सर विरुद्ध लडिरहेका अन्य बिरामीहरुलाई हौसला दिन लागि परेको छ ।
टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई ‘कम्युनिकेटर अवार्ड’ प्रदान गरेका थिए ।
१६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हासिल गर्न सफल भएकि थिइन् । उनको संघर्षमा आधारित बायोपिक ‘ब्लाइन्ड रक्स’ सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।
उनले भनिन्, ‘यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टर हुने पनि निर्णय गरेको छु ।’
हरेक दिन नयाँँ क्लबहरु खुल्दै छन् र हाल नेपालमा ५६ वटा टोस्टमास्टर क्लबहरु रहेका छन् । यो सँग–सँगै हाम्रा सदस्यहरू पनि निरन्तर बढ्दै गइरहेका छन् ।
डिस्ट्रिक्ट ४१ का डिस्टिङ्गुइस्ड टोस्टमास्टर डिस्ट्रिक्ट प्रोग्राम क्वालिटी डाइरेक्टर अंकुर यादवले भने ‘साइटेसन २०२२ मा सहभागि हुन पाउँदा म एकदमै खुशी छु । यो डिस्ट्रिक्ट ४१ कै सम्पूर्ण सदस्यहरुका लागि महत्वपूर्ण अवसर थियो । नेपाली टोस्टमास्टरहरुको एकता देखेर पनि म एकदमै प्रभावित भएको छु ।’













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
देशलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी अब युवापुस्ताको काँधमा : प्रचण्ड
प्रतिक्रिया