कास्कीको रुपामा एमालेका ३ वडाध्यक्ष सिफारिस
मेरोन्यूज
२०७८ चैत २८ गते १५:५३
पोखरा । स्थानीय तहको चुनाव नजिकिएसँगै कास्कीमा दलहरूले आफ्ना उम्मेदवारको खोजी शुरु गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वडा तहबाट उम्मेदवार सिफारिस शुरू गरेको हो ।
एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उम्मेदवार टुंगो लागेको एमाले रुपा गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा कांग्रेसले वडाध्यक्ष र एक जना सदस्य जितेको थियो ।
अध्यक्षसहित सदस्यको नामसमेत सिफारिस भएको बताइएको छ । बाँकी वडामा आजै साँझसम्म आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारको टुंगो लाग्ने एमालेले जनाएको छ ।
सम्बन्धित
















फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया