केपी ओलीले भने : विरालो रिसायो भने खाँबो चिथोर्छ, गठबन्धन यस्तै हो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरूमाथि कटाक्ष गरी व्यंग्य गरेका छन् । उनले गठबन्धन दलहरू एउटै भए पनि एमाले जत्रो नहुने दाबी गरेका थिए ।
‘आज पाँच दलीय गठबन्धन भनेको क्या हो ? अनि पाँच ओटा बाख्रा एकै ठाउँमा भए पनि भैँसी जत्रो त हुँदैन होला नि ?’ बझाङमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘उहाँहरू नेकपा एमालेसँग चुनाव लड्न सक्नु हुन्न, स्थानीय तहमा एक दुई वटा ठाउँ फुत्काउन सके एमालेसँग फुत्काए हुन्छ, पाँच दलीय थोत्रो गठबन्धनले केही हुँदैन ।’
यस्तै, अध्यक्ष ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गर्भनरलाई निलम्बन गरेकोप्रति आक्रोश व्यक्त गरे । उनले एमालेदेखि अहिलेको सरकारलाई रिस उठेकाले कर्मचारीमाथि हमला गरेको बताए ।
‘विरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ,’ उनले भने, ‘यो सरकारलाई रिस उठेको एमालेसँग होला, एमालेलाई केही गर्न सक्दैन्, अनि गएर गर्भनर निलम्बन गर्छ, कर्मचारीमाथि हमला गर्छ, राष्ट्र सेवकमाथि हमला गर्छ ।’
















Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया