बैतडीमा विद्युत सामग्रीको चरम दुरुपयोग

बैतडी । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामिण क्षेत्रमा बिद्युत तार र खम्बा अपुग हुदाँ विजुली बल्न सकेको छैन् । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत खम्बा र तारहरुको चरम दुरुपयोग भएको पाइन्छ ।
जिल्लाको सिगास गाउँपालिका वडा न। ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत तारहरुले बार लगाइएको छ ।
स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत तारहरुहरुको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवजजावत गर्ने सबैले तारको दुरुपयोग प्रष्ट देख्छन् तर कोही बोल्दैनन् ।
खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत तारहरुबाट आरन व्यवसायीहरुले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाडाकुडा बनाउने गर्दछन् । सिगास ४मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।
उक्त तार स्थानीयतह हुनु पुर्व नै वैकल्पीक उर्जा प्रर्वधन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पुर्ण रुपमा बन्द भैसकेको छ । उक्त विद्युत सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरु ५बर्षमै कुहिएपछी तारको स्थानीयबासीले भाडाँकुडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।
यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरका लाथि छडको सट्टा विद्युतका खम्बाहरु प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत खम्बाहरुको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत पोलहरु तेर्साएर माटो हालेका छन् । २०७५मा स्थानीय तह र विद्युत प्राधिकरणको संयुक्त लगानीमा विद्युत आयोजना निर्माण हुदाँ उनि आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत सामग्रीको दुरुपयोग गरेको स्थानीयबासीको भनाई छ ।
यस्तै केही ठाउँमा ठेकेदारको लापरवाहीले गर्दा गाउँघरमा विद्युत तार र पोल पुगाइएको छ । तर, जडान गरिएको छैन् । तार, पोल तथा टान्सफर्मरहरु अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न। ५ र ६को विभिन्न खोलाहरुमा तार, पोल तथा मेसिनहरु अपलत्र छाडिएका छन् ।
















पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया