मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

मुगु । मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका ३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो ।
उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए । अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सकको अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा मंगलबार भामलाई उद्धार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिए ।
उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हो । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया