आठ महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्रबैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १।७ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ ।
अघिल्लो वर्ष २०७७ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ८.७ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५ प्रतिशतले बढेको थियो ।
यसवर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२।९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या फागुन महिनासम्म २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७।२ प्रतिशतले बढेको थियो ।
















बैतडीमा ७ उम्मेदवारको जमानत जफत
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया