गठबन्धन गरे स्वतन्त्र उम्मेदवारलाई मत दिने भरतपुर वडा कांग्रेस सभापतिको माग

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका वडा सभापतिहरूले महानगरको कुनै पनि पदमा गठबन्धन गरे भोट नहाल्ने चेतावनी दिएका छन् । कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने माग राख्दै यस्तो दबाब दिएको हो ।
मंगलबार जिल्लाको पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिहरूको बैठक बसेको थियो । बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु दाबी गरेका छन् । यदि, यस्तो नभए विद्रोह गर्ने उनीहरूको चेतावनी थियो ।
महानगरको मेयर कांग्रेसले नपाए स्वतन्त्र उम्मेदवारलाई मत दिने एक कांग्रेस नेताले मेरोन्युजलाई बताए । अघिल्लो निर्वाचनमा चितवनका २९ वडामध्ये कांग्रेसले १२ स्थानका वियजी प्राप्त गरेको थियो । यस्तै, एमाले १४ विजयी भएको थियो । जसमा अहिलेको पार्टी फुटेसँगै नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको पक्षमा पाँच वडाध्यक्ष रहेको छ । माओवादीले ३ मात्र वडा जितेको थियो ।
यसअघि चितवन कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने दबाब दिँदै आएका थिए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया