अमेरिकामा लुकेर बसेका दश नेपालीलाई डिपोर्ट

काठमाडौं । अवैद्य ढंगले अमेरिका पुगेर अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । केही दिन अघि अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो ।
अमेरिकी अध्यागमन विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको स्रोतले जनाएको छ ।
तर नेपालको अध्यागमन विभागले यस विषयमा औपचारिक जानकारी दिएको छ । स्रोतका अनुसार राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगर, छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई अमेरिकाले नेपाल डिपोर्ट गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गैर कानुनी ढंगले अमेरिका प्रवेश गरेको र राहदानी बिना अमेरिका बसिरहेका उनीहरलाई डिपोर्ट गरेको हो ।
वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएपछि उनीहरु नेपाल आउन पाएका थिए । नेपाल आएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले निगरानीमा राखेको स्रोतले जनाएको छ ।
मानव बेचविखन व्यूरोले उनीहरुलाई पठाउने गिरोहको खोजी कार्य गरिरहेको स्रोतले जनाएको छ । यसअघि २०७६ साल पुसमा पनि अमेरिकाले नेपालीहरुलाई डिपोर्ट गरेको थियो ।
रूकुम स्यालापाखा–९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्रीलाई तीन वर्ष अघि डिपोर्ट गरेको थियो । अहिले पनि १० नेपालीलाई हत्कडी लगाएर नेपाल फर्काइएको थियो ।
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया