मंगलबार, माघ १३, २०८२

अमेरिकामा लुकेर बसेका दश नेपालीलाई डिपोर्ट

मेरोन्यूज २०७८ चैत ३० गते १२:२१


काठमाडौं । अवैद्य ढंगले अमेरिका पुगेर अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । केही दिन अघि अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो ।
अमेरिकी अध्यागमन विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको स्रोतले जनाएको छ ।
तर नेपालको अध्यागमन विभागले यस विषयमा औपचारिक जानकारी दिएको छ । स्रोतका अनुसार राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगर, छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई अमेरिकाले नेपाल डिपोर्ट गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गैर कानुनी ढंगले अमेरिका प्रवेश गरेको र राहदानी बिना अमेरिका बसिरहेका उनीहरलाई डिपोर्ट गरेको हो ।
वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएपछि उनीहरु नेपाल आउन पाएका थिए । नेपाल आएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले निगरानीमा राखेको स्रोतले जनाएको छ ।
मानव बेचविखन व्यूरोले उनीहरुलाई पठाउने गिरोहको खोजी कार्य गरिरहेको स्रोतले जनाएको छ । यसअघि २०७६ साल पुसमा पनि अमेरिकाले नेपालीहरुलाई डिपोर्ट गरेको थियो ।

रूकुम स्यालापाखा–९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्रीलाई तीन वर्ष अघि डिपोर्ट गरेको थियो । अहिले पनि १० नेपालीलाई हत्कडी लगाएर नेपाल फर्काइएको थियो ।

प्रतिक्रिया